विपद् व्यवस्थापन सम्बन्धी विषयहरुको अध्ययन, खोज तथा विश्लेषण गर्ने,
विपद् व्यवस्थापन सम्बन्धी चेतना अभिवृद्धि गर्न तालिम तथा प्रशिक्षणका लागि राष्ट्रिय कार्यक्रमहरु संचालन गर्ने र विद्यालय तथा विश्वविद्यालय शिक्षामा विपद् सम्बन्धी पाठ्यक्रम समावेश गर्ने कार्यमा सहयोग एवं समन्वय गर्ने,
विपद् व्यवस्थापन सम्बन्धी ऐन, नियमावली, नीति तर्जुमा र परिमार्जन गर्ने,
Nepal Risk Reduction Consortium (NRRC) को सचिवालयसँगको समन्वय तथा सहजकर्ताको रुपमा कार्य गर्ने
बृहत्तर विपद् जोखिम व्यवस्थापन कार्यक्रम Comprehensive Disaster Risk Management Programme (CDRMP) को समन्वय गर्ने,
विपद् व्यवस्थापनका लागि संस्थागत संरचना र प्रणालीको अध्ययन, अनुसन्धान तथा सिफारिस गर्ने,
विपद् व्यस्थापनसँग सम्बन्धित विभिन्न तहमा तालिम, प्रशिक्षण, गोष्ठि कार्यक्रमको संचालन गर्ने गराउने तथा अध्ययन र गरी प्रतिवेदन गर्ने,
नेपालको भौगोलिक, प्राकृतिक, सडक संरचना, खोला, नाला, वन जङ्गल आदि स्पष्ट देखिने गरी विपद् जोखिमको लेखाइन तथा नक्साइन तयार गर्ने,
विपद् सम्बन्धी रणनीति, कार्यढाँचा तथा मापदण्डहरुको निर्माण र परिमार्जन गर्ने
विपद् व्यवस्थापन तथा जोखिम न्यूनीकरण सम्बन्धी भएका कार्यक्रमहरुको समन्वय, अनुगमन मूल्याङ्कन र प्रतिवेदन गर्ने ।
विपद् जोखिम न्यूनीकरण र व्यस्थापन सम्बन्धी केन्द्रीय र स्थानीय तहमा प्रचलनमा रहेका मापदण्ड, निर्देशिका र कार्ययोजनाहरुको अध्ययन, विश्लेषण गरी उपयुक्त एकीकृत व्यवस्थाका लागि सिफारिस गर्ने,
विपद् जोखिम व्यवस्थापन राष्ट्रिय रणनीति, २०६६ को कार्यान्वयन स्थितिको अध्ययन तथा एवं विश्लेषण गरी थप कार्यक्रमहरु कार्यान्वयनका लागि सिफारिस गर्ने,
विपद् व्यवस्थापन सम्बन्धी क्षेत्रीय तथा अन्तर्राष्ट्रिय स्तरमा व्यक्त गरिएका प्रतिवद्धताहरुको कार्यान्वयन स्थितिको समिक्षा एवं नियमित प्रतिवेदन गर्ने