Government of Nepal Logo
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

नेपाल सरकार

गृह मन्त्रालय

न्यून व्यान्डविथ Invert Color A- A A+

गृहमन्त्री बादलसँग इजरायलका राजदुतको भेटवार्ता

2075-10-16

2075-10-16


Israil_Ambassdor_(1).JPG तस्बिर :

गृहमन्त्री बादलसँग इजरायलका राजदुतको भेटवार्ता

काठमाडौँ, ८ माघ।

        गृहमन्त्री रामबहादुर थापा ‘वादल’सँग नेपालका लागि इजरायलका राजदूत बेनी ओमेरले आज शिष्टाचार भेटवार्ता गर्नुभएको छ।

        गृह मन्त्रालयमा भएको भेटवार्ता दुई देशबीचको सम्बन्ध, आपसी सहकार्य र सहयोगको विषयमा केन्द्रीत रहेको थियो ।

        भेटमा गृहमन्त्री थापाले नेपालको विविधि क्षेत्रमा इजरायले गर्दै आएको सहयोगप्रति धन्यवाद व्यक्त गर्दै आगामी दिनमा समेत सहयोगले निरन्तरता पाउने विश्‍वास व्यक्त गर्नुभयो।

        जलविद्युत, पूर्वाधार, पर्यटन र सुरक्षाको क्षेत्रमा तालीम तथा प्रविधिमा इजरायलको सहयोग तथा सहकार्यका लागि गृहमन्त्रीले राजदुतसँग आग्रह गर्नुभयो।

        राजदूत ओमेरले नेपालसँग इजरायलको ऐतिहाँसिक सम्बन्ध रहेको चर्चा गर्दै यसलाई थप उचाईमा लैजानुपर्ने बताउनुभयो।

        उहाँले नेपाल भ्रमण वर्ष २०२०लाई सफल पार्न आफूले सक्दो पहल गर्ने जानकारी दिनुभयो।

        उहाँले साना किसान बैंकसँगको सहकार्यमा प्रत्येक वर्ष पाँच सय नेपाली कृषी सम्बन्धी तालिमका लागि इजरायल पुगेर शिप सिकेर फर्कने गरेर जानकारी दिँदै यसले नेपालको कृषी क्षेत्रको विकासका लागि महत्वपूर्ण भूमिका खेलिरहेको टिप्पणी गर्नुभयो।

        भेटमा राजदुत ओमेरले गृहमन्त्री थापालाई इजरायल भ्रमणको निम्तो समेत दिनुभयो।

समाचार


सबै हेर्नुहोस
पछिल्लो अपडेट गरिएको : 2083-01-04 16:30:53

© सर्वाधिकार सुरक्षित गृह मन्त्रालय .