2080-12-01
2080-12-01
चैत १,२०८०। माननीय उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेज्यू र श्रीमान् गृह सचिव एकनारायण अर्यालज्यूबाट आज मिति २०८०/१२/०१ गते सबै जिल्लाका प्रमुख जिल्ला अधिकारी तथा जिल्ला सुरक्षा समितिका पदाधिकारीलाई भर्चुअल माध्यमबाट निर्देशन भएको छ। गृह मन्त्रालयको नीति तथा कार्यक्रम र मन्त्रालयले स्थानीय प्रशासनसँग राखेको अपेक्षा बारे जानकारी दिने र नतिजामुखी रुपमा कार्य गर्न उत्प्रेरित गर्ने उद्देश्य रहेको सो कार्यक्रममा प्रमुख जिल्ला अधिकारी एवं सुरक्षा निकायका प्रदेश तथा जिल्लास्तरीय प्रमुखहरु गरी जम्मा २४५ जनाको सहभागिता रहेको थियो।