Government of Nepal Logo
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

नेपाल सरकार

गृह मन्त्रालय

न्यून व्यान्डविथ Invert Color A- A A+

मधेश प्रदेशस्तरीय सुरक्षा गोष्ठी, २०८१ सम्पन्न

2080-12-28

2080-12-28


- चैत्र २८, २०८०।

मा. उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेज्यूको प्रमुख आतिथ्यमा धनुषाको जनकपुरधाममा चैत्र २८, बुधबारका दिन आयोजित प्रदेशस्तरीय सुरक्षा गोष्ठी सम्पन्न भएको छ। नेपाल सरकार गृह मन्त्रालय र मधेश प्रदेश, गृह, सञ्चार तथा कानुन मन्त्रालयद्वारा संयुक्त रूपमा आयोजना गरिएको एक दिवसीय प्रदेशस्तरीय सुरक्षा गोष्ठीको अध्यक्षता गृह सचिव एकनारायण अर्यालज्यूले गर्नुभएको थियो। गोष्ठीमा मधेस प्रदेश, गृह, सञ्चार तथा कानुन मन्त्रालयका सचिव वीरेन्द्र कुमार यादवज्यूलर स्वागत मन्तव्य व्यक्त गर्दै गोष्ठीको उद्देश्यमाथि प्रकाश पार्नुभएको थियो ।

   

उक्त अवसरमा मधेश प्रदेशका मुख्य मन्त्री सरोज कुमार यादव, मधेश प्रदेशका गृह, सञ्चार तथा कानुन मन्त्री राजकुमार लेखी, अर्थ सचिव कृष्णहरि पुस्कर, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत, प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवर, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, मुख्य अनुसन्धान निर्देशक हुतराज थापा, नेपाली सेनाका उपरथी प्रेम ध्वज अधिकारी, गृह मन्त्रालयका सह-सचिव राजेन्द्र देव पाण्डे र नारायण प्रसाद भट्टराई, मधेस प्रदेश अन्तर्गत आठ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरू, प्रदेश सुरक्षा निकायका प्रमुखहरू एवम् जिल्ला सुरक्षा समितिका पदाधिकारीहरू लगायतको सहभागिता रहेको थियो । गोष्ठीमा  सहभागीहरुबाट आ-आफ्नो मन्तव्य व्यक्त तथा प्रस्तुतिकरण गर्नुका साथै मधेस प्रदेशको विद्यमान सुरक्षाको अवस्था, समस्या तथा चुनौती र अगामी कार्यभार लगायतको विषयमा विस्तृत छलफल भएको थियो ।

समाचार


सबै हेर्नुहोस
पछिल्लो अपडेट गरिएको : 2083-01-04 16:30:53

© सर्वाधिकार सुरक्षित गृह मन्त्रालय .