2081-03-21
2081-03-21
- असार २१, २०८१ ।
मिति २०८० चैत्र १ गतेको गृह मन्त्रालयको विज्ञप्ति अनुसार नागरिकता प्रमाणपत्र सम्बन्धित प्रक्रियालाई थप व्यवस्थित एवं प्रविधिमा आधारित बनाउने उद्देश्यका साथ स्थानीय तहहरुले अनलाइन प्रणालीमार्फत् नागरिकता सिफारिस गर्ने सम्बन्धमा स्याङ्जा जिल्लाको ९७ वटा वडा कार्यालयहरुबाट प्रणाली प्रयोग गरी नागरिकता सिफारिस गर्ने कार्यको सुरुवात भएको छ।
स्याङ्जा जिल्लाको पुतलीबजार नगरपालिका, गल्याङ नगरपालिका, चापाकोट नगरपालिका, भीरकोट नगरपालिका, वालिङ नगरपालिका, अर्जुनचौपारी गाउँपालिका, आँधिखोला गाउँपालिका, कालीगण्डकी गाउँपालिका, फेदीखोला गाउँपालिका, बिरूवा गाउँपालिका र हरिनास गाउँपालिकामा असार २१ गते देखि प्रणाली प्रयोग सुरु गरिएको छ।
