2080-12-29
2080-12-29
- चैत्र २९, २०८०।
उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेज्यूको प्रमुख आतिथ्यमा विहीबारका दिन कार्यक्रमबीच “राजस्व अभिवृद्धि तथा चुहावट नियन्त्रण सम्बन्धी गोष्ठी-२०८०” सम्पन्न भएको छ। नेपाल सरकार, गृह मन्त्रालय र अर्थ मन्त्रालयद्वारा संयुक्त रूपमा पर्साको वीरगंजमा उक्त गोष्ठी आयोजना गरिएको हो ।

गोष्ठीमा गृह सचिव एकनारायण अर्याल, अर्थ सचिव डा. कृष्णहरि पुष्कर, प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवर, सशस्र प्रहरी महानिरीक्षक राजु अर्याल, मुख्य अनुसन्धान निर्देशक हुतराज थापा, गृह मन्त्रालयका सहसचिव नारायण प्रसाद भट्टराई, भन्सार विभाग, आन्तरिक राजस्व विभाग, राजस्व अनुसन्धान कार्यालय, राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक, मधेस प्रदेश अन्तर्गत जिल्लाका प्रमुख जिल्ला अधिकारीहरू, प्रदेशस्थित सुरक्षा निकायका प्रमुखहरू, भन्सार कार्यालय तथा आन्तरिक राजस्व कार्यालयका प्रमुखहरू एवम् पदाधिकारीहरूको सहभागिता रहेको थियो । उक्त गोष्ठीमा कार्यालयहरुको तर्फबाट प्रस्तुतीकरणका साथै मधेस प्रदेश केन्द्रित राजस्व अभिवृद्धि तथा चुहावट सम्बन्धी छलफल तथा अन्तरक्रिया भएको थियो ।
गोष्ठी समापन पश्चात् गृहमन्त्री रवि लामिछाने, गृह सचिव एकनारायण अर्याल, अर्थ सचिव डा. कृष्णहरि पुष्कर, सुरक्षा निकायका प्रमुखहरू समेतले बीरगंजस्थित एकीकृत जाँच चौकी (आइसिपी) र सुख्खा बन्दरगाह (ड्राइपोर्ट)को निरीक्षण भ्रमण समेत गर्नुभयो ।