आफूले प्राप्त गरेको विभूषण कसैलाई विक्री गरेको वा बन्धकीमा राखेको,
आफूले प्राप्त गरेको विभूषणको मर्यादा विपरीत हुने गरी विभूषणको प्रयोग गरेको वा कसैलाई प्रयोग गर्न दिएको,
निलम्वनमा परेको वा नैतिक पतन देखिने फौजदारी कसुरमा सजाय पाएको,
भ्रष्टाचार, जवर्जस्ती करणी, मानव बेचविखन तथा ओसारपसार, लागूऔषध बिक्री वितरण तथा निकासी पैठारी, सम्पत्ति शुद्धिकरण तथा राहदानी दूरूपयोग सम्बन्धी कसुरमा अदालतको अन्तिम फैसलाबाट सजाय ठहर भएको,
बैंक तथा वित्तिय संस्थाको ऋण नियतवश नतिरी प्रचलित कानून बमोजिम कालो सूचीमा रहेको,
प्रचलित नेपाल कानूनद्वारा अयोग्य हुन सक्ने आधारहरु समेत आकर्षित हुने,
यी उपर्युक्त खण्ड (क) देखि (च) सम्मका कसुरमा संलग्न भएको प्रमाण फेला परेको अवस्थामा साविकमा घोषणा भई विभूषण (मानपदवी, अलंकार र पदक) पाईसकेको भए सो समेत रद्द गर्न सकिनेछ ।