राष्ट्रिय जीवनका राजनैतिक, आर्थिक, सामाजिक, साँस्कृतिक, अन्वेषणात्मक लगायतका अन्य क्षेत्रमा वा अन्तर्राष्ट्रिय क्षेत्रमा विशिष्ट योगदान पुर्याउने नेपाली नागरिक तथा कुनै क्षेत्रमा अन्तर्राष्ट्रिय ख्याति प्राप्त वा नेपालको हितको लागि विशिष्ट योगदान पुर्याउने विदेशी नागरिकलाई नेपाल सरकारले सम्मानस्वरुप विभूषण प्रदान गर्न सक्नेछ।