वि.सं. २०६७ साल देखि गणतन्त्र दिवसको अवसरमा विभूषण प्रदान गर्ने कार्य भएकोमा २०७५ साल देखि संविधान दिवसको अवसरमा प्रदान हुँदै आएको छ। सामान्यतया प्रत्येक वर्षको असार मसान्तभित्र विभिन्न निकायहरुबाट विभूषण समितिमा प्राप्त सिफारिसहरुबाट समितिले नेपाल सरकार, मन्त्रिपरिषद्मा सिफारिस गर्दछ। मन्त्रिपरिषद्को निर्णय पश्चात् राष्ट्रपतिबाट संविधान दिवसको दिन घोषणा हुदै आएको छ।